अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई संसद चल्दैन: रघुजी पन्त

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई संसद चल्दैन: रघुजी पन्त


नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिई संसद बैठक चल्न नदिने बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीले साँचो कुरा व्यक्त गरेको बताउनु भयो ।

‘हामी निरन्तर अवरोध कायम राख्छौं भनेका छैनौं। प्रधानमन्त्रीले राजीनामा दिए पर्सि नै खुल्छ। हिजो आएको भए आजै खुल्थ्यो,’ पन्तले भन्नुभयो, ‘उहाँले बोलेको कुरालाई लिएर क्लिएरिफेकशन दिनुपर्ने कुरा छैन। आफ्नो साँचो कुरा उहाँले व्यक्त गर्नुभयो।’

पुष्पकमल दाहाल प्रचण्डलाई बिर्सिएर अरु जो कोही भए पनि राजीनामा मागिने बताउनु भयो। उहाँले भन्नुभयो, ‘त्यस्तो भन्ने कुनैपनि व्यक्ति उहाँको ठाउँमा बसेर जो बोलेको भए पनि गलत हो। त्यो अरुले बोलेको भए पनि राजीनामा मागिन्थ्यो।’

प्रधानमन्त्रीको रुपमा जस्ता कुराहरु भन्नुभयो यस्ता कुरा बोलेपछि नैतिक रुपमा राजीनामा दिनुपर्ने उहाँले बताउनु भयो ।