अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डोटीमा घर भत्किँदा महिलाको मृत्यु

डोटीमा घर भत्किँदा महिलाको मृत्यु


डोटी-डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो । प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।