अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकार देश र जनताको हितको पक्षमा छैनः शंकर पोखरेल

वर्तमान सरकार देश र जनताको हितको पक्षमा छैनः शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अन्योलताको स्थिति उत्पन्न भएको बताउनु भएको छ।

नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंंमा आयोजना गरेको युवा र स्वरोजगार तथा नेपालको परिस्थितिमा युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज तीन प्रकारका चुनौतीका बीचमा रहको बताउनुभयो।

देश राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुष्चक्रमा फसेको महासचिव पोखरेलले बताउनुभयो ।

राजनीतिक स्थायित्वको लागि दर्बिलो नेतृत्व आवश्यक पर्नेमा त्यो हुन नसकेको उहाँले बताउनुभयो। उहाँले परिवर्तनको व्यग्र चाहनाले नेपाली समाजमा बढेका व्यापक असन्तुष्टिले सामाजिक अराजकता सिर्जना गरेको बताउनुभयो। ‘यसले बलियो राष्ट्र निर्माणमा बाधा पु¥याइरहेको छ, सामाजिक अराजकताले बलियो राष्ट्र निर्माणमा समस्या पैदा गरिरहेको छ’, उहाँले भन्नुभयो ।

विश्वमा औपनिवेशिकताको रजगज भएको बेला समेत स्वतन्त्र रहेको नेपाल अहिले निक्कै संकटमा रहेको पोखरेलले बताउनुभयो। नेपाली समाजमा मौलिक संस्कार र संस्कृति माथि गम्भीर प्रहार भइरहेको उहाँले बताउनुभयो। यसलाई रोक्न सकिएन भने राष्ट्र कमजोर हुने पोखरेलले प्रष्ट पार्नुभयो।

यति बेलाको नेपालको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थामा पुगेको उहाँले बताउनुभयो। एमाले सरकारबाट हटेपछि नेपाल गम्भीर आर्थिक संकटमा पुगेको पोखरेलको भनाइ छ। गठबन्धनले नेपालको विकास र समृद्धिलाई आत्मसाथ गर्न नसकेको उहाँले बताउनुभयो। ‘जन निर्वाचित सरकालाई जब अनुचित हिसाबले हटाइन्छ तब देशमा राजनीतिक अस्थिरता उत्पन्न हुन्छ र देश गम्भीर संकटमा पर्दछ’, उहाँले भन्नुभयो।

अहिलेको सरकारले राष्ट्रको समृद्धिको लागि होइन व्यक्तिगत स्वार्थ र सत्ता जोगाउनको लागि मात्र काम गरिहरेको उहाँले बताउनुभयो। सरकार देश र जनताको हितको पक्षमा नरहेको उहाँको भनाइ छ। अहिले सरकारले पुँजीगत खर्च नै गर्न नसकेको उहाँले बत्ताउनुभयो। ’पुँजीगत खर्च गर्न नसक्ने नालायक सरकारले देश चलाउन सक्दैन’, पोखरेलले भन्नुभयो ।

नेपाली समाजको विकासको नेतृत्व नेकपा एमालेले गरिरहेको उहाँले बताउनुभयो। नेकपा एमालेले देश र जनताको लागि काम गरिरहेको कारण चौतर्फी आक्रमणको प्रयास भएको उहाँले बताउनुभयो । ‘जनतासँग डराएकाहरू एमाले विरुद्ध एक भएका छन,’ महासचिव पोखरेलले भन्नुभयो।