अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने 

एमालेले आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने 


काठमाडौँ-नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै एमालेले लगातार संसद् बैठक अवरुद्ध गरिरहेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि  एमालेले उहाँको राजीनामा माग्दै आएको छ ।  तर आज एमालेले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिने भएको हो । 

एमाले सचेतक महेशकुमार बर्तौलाले आजको संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने बताउनुभयो । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन् ।