अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश : तीन मन्त्री थपिँदै, एकीकृत समाजवादीको आपत्ति

कोशी प्रदेश : तीन मन्त्री थपिँदै, एकीकृत समाजवादीको आपत्ति


काठमाडौँ-कोशी प्रदेशमा गठबन्धनको सरकारले पूर्णता नपाउँदै दलहरुबीच खटपट सुरु भएको छ । प्रदेशमा मन्त्रीपरिषद् विस्तारका विषयलाई लिएर दलहरुबीच विवाद देखिएको हो ।

नेकपा एकीकृत समाजवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरूबीच भएको पूर्वसहमति तोडेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

गठबन्धन दलहरुबीच एकएक जना मात्रै मन्त्री बनाउने सहमति भएपनि त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गरेको नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताउनुभयो । उहाँले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिनुभयो ।  

यस्तै उहाँले मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम पनि बहिष्कार गर्नुभएको छ । आज विस्तार हुने मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बन्दै हुनुहुन्छ । कांग्रेसबाट रामकुमार खत्री पनि मन्त्री बन्दै हुनुहुन्छ ।

शुक्रबार मुख्यमन्त्रीको शपथ लिएर थापाले कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबुलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।