अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकारविरूद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा  

कोशी प्रदेश सरकारविरूद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा  


काठमाडौँ-कोशी प्रदेश सरकार गठनविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ।

उक्त मुद्दाको पेशी सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ। 

कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गर्नुभएको थियो ।  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधान विपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो।

रिटमा  एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।