अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सातु बाँडेजस्तै सदस्यता बाँड्दैन: सूर्य थापा

एमालेले सातु बाँडेजस्तै सदस्यता बाँड्दैन: सूर्य थापा


गुल्मी-नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले एमालेले पार्टी सदस्य सातु बाँडेजस्तै गरी नबाँड्ने बताउनु भएको छ। नेकपा एमाले गुल्मीको  तम्घासमा आयोजित आठौँ पूर्ण बैठकमा शनिबार सम्बोधन गर्दै उनले गुणस्तरीय सदस्यलाई महत्त्व दिनुपर्ने बताउनु भयो ।

एमाले नेता तथा कार्यकर्ता व्यक्तिगत तथा पारिवारिक स्वार्थका लागि होइन। समाजका लागि काम गर्ने पार्टी   भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले नेताले आफ्नो पदलाई गहना जस्तो मान्ने होइन। कानमा लगाउने कुण्डला जस्तो होइन। बुलाकी जस्तो होइन। सजाउने वा मानार्थ पनि होइन। डम्पिङ साइडमा थन्काउने जस्तो पनि होइन। जनताको सेवामा खट्ने एमालेका नेता तथा कार्यकर्ता हुन्।’

वैचारिक सांगठनिक इमान जमानले एमाले टिकेको उहाँले बताउनु भयो । विभिन्न बहानाबाजी गरेर जनतालाई झुक्याएर टिक्न खोजिरहेको पार्टी एमाले होइन। अर्काले बजाएको घण्टी जस्तो पार्टी एमाले नभएको थापाले बताउनु भयो ।

मुलुकलाई निकास र विकास दिने पार्टी एमाले भएको गुल्मी इन्चार्जसमेत रहेका नेता थापाले बताउनु भयो ।