अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘मर्निङ वाक’ मा हिँड्ने महिलालाई पछ्याएर सिक्री लुट्ने गिरोह समातियो

‘मर्निङ वाक’ मा हिँड्ने महिलालाई पछ्याएर सिक्री लुट्ने गिरोह समातियो


काठमाडौँ- राजधानीमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई टार्गेट गरेर श्रृङ्खलाबद्ध रुपमा सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न समूहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न समूहका ५ जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोजकुमार केसीले आठवटा श्रृंखलाबद्ध ‘चेन स्न्याचिङ’ गर्ने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिनु भयो । 

प्रहरीले चेन स्न्याचिङका मुख्य योजनाकार काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्री, चोरी गर्ने रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने रवीन दमाई, मोटर साइकल चलाउने सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चावहिल बस्ने रवि विक, चोरीको सुन बिक्री गर्न सहयोग गर्ने धनकुटा घर भई हाल राममन्दिर बस्ने राहुल माझी र चोरीको सुन खरिद गर्ने भारतको पश्चिम बंगाल घर भई हाल न्युरोड बस्ने श्रीकान्त मैतीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले न्यूरोडको जनसेवा मार्ग, चक्रपथको बंगलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ । यस्तै  टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको केसीले जानकारी दिए ।