अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीका कारण संसद बन्द भएको हो, हामीले होइन: अध्यक्ष ओली

प्रधानमन्त्रीका कारण संसद बन्द भएको हो, हामीले होइन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण बन्द भएको बताउनु भएको छ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताउनु भएको हो।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्नु भयो ।

अध्यक्ष ओलीले आज दिउँसो संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, ‘संसद प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, हामीले होइन। उहाँले हामीमाथि गम्भीर आरोप लगाउनु भएको छ, त्यो फिर्ता लिनु भएको छैन। त्यो कायम राखेर सहमति हुँदैन।’

सञ्चारकर्मीले के हुँदा सहमति जुट्छ भनेर साधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ‘राजीनामा चाहियो ।’

उहाँले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ति रहेको बताउनु भयो। ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डको २१ गतेको वक्तव्य हेर्नुहोस् हाम्रो राजीनामा नै माग छ। राजीनामा दिएपछि सहमति जुट्छ।’