अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई प्रेम आलेको प्रश्नः नक्कली भूटानी शरणार्थीको फिल्म खै ?

प्रधानमन्त्रीलाई प्रेम आलेको प्रश्नः नक्कली भूटानी शरणार्थीको फिल्म खै ?


काठमाडौं-नेकपा एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले नक्कली भूटानी शरणार्थीबारे प्रधानमन्त्रीले उल्लेख गर्नुभएको फिल्म कहिले लाग्ने हो ? भन्दै कटाक्ष गर्नुभएको छ।

आइतवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई किन पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणमा फिल्म देखाउने भने पनि अहिलेसम्म शुरु हुन नसकेको बताउनु भयो । उहाँले फिल्म कहिले लाग्ने हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले वाइडबडी प्रकरणलाई अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो राजन केसीले भन्नुभयो, वाइडबडीको कुरा हामीले अघि बढायौँ, त्यो केही पनि भएन, डेयडकेट लाइनको कुरा उठायौँ त्यो पनि केही भएन, १२ अर्ब तिर्न बाँकी थियो, त्यो पनि केही भएन, लेखा समितिले रातदिन मेहनत गर्ने तर त्यो बालुवामा पानी खन्याए जस्तै हुने, त्यसैले यो सरोकारवाला व्यक्तिलाई हामी बालाऔँ, अख्तियारको प्रमुखलाई पनि बोलाऔँ, बोलाएर छलफल गरौँ । हामी यहाँ मेहनत गरी उपसमिति बनाएर छलफल गर्छौं, तर पछि गएर टाउकेहरु मिलेर यसलाई १० दिनमा फाल्ने काम हुन्छ । हामीले १० दिनमा फाल्ने की यसलाई कार्यान्वयन गर्ने रु जनताले यही प्रश्न गरिरहेका छन् । चाहे त्यो भूटानी शरणार्थीको कुरा गरौँ, केही माछा त गए, प्रधानमन्त्रीज्युले फिल्म देखाउँछु भन्नुभयो, यो ट्रेलर भन्नुभयो, फिल्म नै शुरु भएको छैन, अहिलेसम्म । त्यो फिल्म कहिले लाग्ने हो भनेर सोध्नुपर्ने आवश्यकता मैले देख्दछु।’

सांसद आलेले समितिका निर्देशनहरु कार्यान्वयन नहुने हो भने समितिको बैठक बसिरहनुको औचित्य नरहेको जिकिर गर्नुभयो।