अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक बस्दै, एमालेको अडान कायमै 

प्रतिनिधिसभाको बैठक बस्दै, एमालेको अडान कायमै 


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले  संसद् अवरोध गर्दै आइरहेका छन् । 

संसद्को अवरोध खुलाउनेबारे आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्नुभएको थियो । 

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्‍मा प्रष्टीकरण दिने सहमति बनेको थियो । तर उक्त सहमति एक घण्टा पनि टिक्न सकेन ।

तीन नेताबीचको सहमतिअनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सार्नुभएका थियो । पछि सो बैठक आजलाई सारिएको थियो । प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म संसद् चल्न नदिने एमालेको अडान कायमै रहेको छ ।