अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले विश्वासत पारे संसद्को अवरोध हट्छ : एमाले

प्रधानमन्त्री प्रचण्डले विश्वासत पारे संसद्को अवरोध हट्छ : एमाले


काठमाडौँ-नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्लाई विश्वासत पारे संसद्को अवरोध हट्ने बताएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर निरन्तर संसद् बैठक अवरोध गरिरहेको एमालेले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने बताएको हो । 

एमाले प्रमुख सचेतक पदम गिरिले प्रधानमन्त्रीका कारण संसद् अवरोध भएकाले प्रचण्डले आफ्नो अभिव्यत्तिबारे संसदमा प्रष्ट पार्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो कारणले संसद् रोकिएको होइन । प्रधानमन्त्रीको कारण संसद् रोकिएका हो । संसद् रोकिनु हुन् भन्ने पक्षमा हामी छौ । प्रधानमन्त्रीले देश र जनताको अपमान हुनेगरी अभिव्यक्ति दिनुभयो । राष्ट्रिय स्वाधीनता माथि नै जुन अभिव्यक्ति दिनु भएको छ त्यो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न पर्छ । उहाँले संसद्लाई सम्बोधन गर्नुभयो भने संसद्लाई विश्वास दिलाउनु भयो भने संसद् चल्छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद् अवरोध गरिरहेको छ ।