विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तीको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ न्यायधीश सुष्मालता माथेमाको इजलासमा परेको छ।
आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्धा हेर्न नभ्याउनेमा परेपछि आज माथेमाको इजलासमा परेको हो ।
कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकाले त्यसलाई बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गर्नु भएको छ।
एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको छ।






प्रतिक्रिया