अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदको अवरोध हटाउनेबारे तीन नेता आज पनि छलफल गर्दै

संसदको अवरोध हटाउनेबारे तीन नेता आज पनि छलफल गर्दै


काठमाडौं-संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्दैछन्।

प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो।

१८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिनु भएको थियो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ।