धनगढी-बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो।
मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।





प्रतिक्रिया