अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएपछि संसदको अवरोध हटाउने एमालेको निर्णय

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएपछि संसदको अवरोध हटाउने एमालेको निर्णय


काठमाडौं-नेकपा एमाले संसदीय दल संसद् बैठक खुलाउन सकारात्मक भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्ति फिर्ता लिने र संसदलाई प्रष्टीकरण दिने भएपछि बैठकको अवरोध हटाउन एमाले संसदीय दल सकारात्मक भएको हो।

प्रधानमन्त्री ‘प्रचण्ड’सहित प्रमुख तीन दलबीचको सिंहदरबारमा बसेको बैठक गत्तै बानेश्वरमा एमाले संसदीय दलको बैठक बसेको थियो।

बैठकमा अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक पदम गिरीले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डले १८ गतेको आफ्नो अभिव्यक्तिप्रति गल्ती स्वीकार गर्ने, त्यस्तो बोल्न गएकोमा दुःख व्यक्त गर्ने र भविष्यमा यस्तो कमजोरी नदोहोर्‍याउने तथा २१ गते सचिवालयले गरेको प्रेस नोटेले विपक्षीलाई पुग्न गएको चोटप्रति दुःख व्यक्त गर्ने सहमतिपछि सदन चल्न दिने कुरा भएको छ।’