अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ: गोकुल बाँस्कोटा

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ: गोकुल बाँस्कोटा


काठमाडौँ-नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले केरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो संसदमा जवाफ दिन माग गर्नु भएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको, भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको तथा कोशी प्रदेशको सरकार ‘कु’ गरेको भन्दै यि विषयमा स्पस्ट पार्न आग्रह गर्नु भयो ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै बास्कोटाले भन्नुभयो, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । यो जनता दु:खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन ।’

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने नेता बास्कोटाको अडान थियो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले सके देशको लागि उभिनुस् । सत्ता स्वार्थको लागि देशको सार्वभौमसत्ता साटिँदैन । यतिकै अवस्थामा अगाडि बढ्न सकिँदैन । हामीलाई मात्रै होइन जनतालई पनि स्पष्ट पार्नुपर्छ ।’