अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नैतिकता छ भने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्छ: राजेन्द्र लिङ्देन

नैतिकता छ भने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्छ: राजेन्द्र लिङ्देन


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्नु भएको छ।

सोमबार बसेको संसद् बैठकलाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो।

‘नैतिकता छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले थोरै बोली चिप्लिँदा नैतिकताका आधारमा राजीनामा दिनु भएको थियो। यो राष्ट्रको सार्वभौम सत्ताको विषयमा यस्तो कुरा आउनु सामान्य कुरा होइन।’

उहाँले प्रधानमन्त्री र प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट गम्भीर आक्षेप लगाउने गरी विज्ञप्ति निकालिएकोमा पनि आपत्ति जनाउनु भयो ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिवाद गर्दा मिटरब्याजीविरुद्धको विधेयक रोकियो भनियो’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरोधी अभियान रोकियो भन्ने आरोप लगाइयो। राजीनामा दिने नदिने हाम्रो दबाबले मात्रै हुँदैन। यो प्रधानमन्त्रीको नैतिकताको विषय हो। यो भन्दा अर्को नैतिकताको विषय अरु हुँदैन।’

अध्यक्ष लिङ्देनले यदि नैतिकता बाँकी रहेको भए प्रधानमन्त्रीले सत्तामा बसिरहन नमिल्ने पनि दोहोर्‍याउनु भयो ।