अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक: रवि लामिछाने

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक: रवि लामिछाने


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताउनु भएको छ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने बताउनु भएको हो।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ। त्यसका लागि प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो धारणा हो । प्रधानमन्त्रीले सदनलाई यसबारेमा खुलेर बताउनु पर्नेछ।’

केही दिनअघिको प्रतिनिधि सभा बैठकमा एमाले सांसदपछि माओवादी केन्द्रका सांसदलाई बोल्न दिइएको भन्दै लामिछानेले असन्तुष्टि व्यक्त गर्नु भयो। उहाँले रास्वपालाई बाइपास गरेर आफ्नो कुरा राख्न नदिएको भन्दै आपत्ति जनाउनु भयो ।