अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्‌मा प्रधानमन्त्रीले भन्नुभयो: मैले त्यस्तो भाषा बोल्न हुँदैन थियो

संसद्‌मा प्रधानमन्त्रीले भन्नुभयो: मैले त्यस्तो भाषा बोल्न हुँदैन थियो


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिनु भएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै यस्तो बताउनु भएको हो।

‘म थोरै भावनामा आएँ। मनमा आयो भनेँ । त्यसैले त प्रचण्ड हो,त के गर्नुहुन्छ ?’प्रधानमन्त्री दाहालले भन्नुभयो,’प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो। त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ ।’ उहाँले आफ्नो भावनात्मक शैली रहेको र यो आफ्नो कमजोरी रहेको महसुस आफूले गरेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले गत साता सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्लीसमेत पुगेको धारणा राख्नु भएको थियो। उक्त धारणाप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका थिए।