अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भावनात्मक पक्ष अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट छैन प्रधानमन्त्रीलाई: योगेश भट्टराई

भावनात्मक पक्ष अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट छैन प्रधानमन्त्रीलाई: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री दाहाललाई भावनात्मक पक्ष अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको टिप्पणी गर्नु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा स्पष्टीकरण दिएपछि सामाजिक सञ्जालमार्फत सचिव भट्टराईले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

छोरी, छोरा र श्रीमतीका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडामा साहस भर्नासाथ दिन सिंगो सदन तयार भएको उल्लेख गर्दै उहाँले भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको बताउनु भएको हो।

सचिव भट्टराई सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘छोरी ज्ञानु, छोरा प्रकाश र श्रीमती सीताका बारेमा पुष्पकमल दाहालले बेहोरेको पीडा संवेदनशील छन्। उहाँका ती पीडामा साहस भर्न सिंगो सदन उहाँलाई साथ दिन तयार छ। तर, प्रधानमन्त्रीका रूपमा उहाँलाई भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट चैँ छैन है। हेक्का रहोस्।’

उहाँले प्रधानमन्त्री प्रचण्डको पारिवारिक पीडामा मजाक नगरेको भन्दै आफूहरू अरू केही जस्तो निर्दयी नभएको उल्लेख गर्नु भएको छ। उहाँ भन्नहुन्छ, ‘हामीले उहाँको पारिवारिक पीडामा मजाक गरेका होइनौँ । हामी अरु केही जस्तो निर्दयी होइनौँ र छैनौँ । तर, देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति भने कठोर प्रश्न छन् ।’