अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेशको बजेट पारित हुन नदिने सत्तारुढ तीन दलको निर्णय

सुदूरपश्चिम प्रदेशको बजेट पारित हुन नदिने सत्तारुढ तीन दलको निर्णय


धनगढी-सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्न नदिने सत्तारुढ तीन दलले निर्णय गरेका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको सोमबार बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । 

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सभामा पेश गरिएको बजेट संघीयताको मर्म विपरीत र व्यक्ति केन्द्रित रहेकोले यथास्थितिमा पारित गर्न नदिन तीन दलको निर्णय भएको जानकारी दिनु भयो।

असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए । शाही एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, प्रमुख सचेतक मानबहादुर धामी, नाउपा संसदीय दलका नेता चौधरी, प्रमुख सचेतक कैलाश चौधरी र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी र प्रमुख सचेतक प्रकाश रावल सहभागी थिए ।