अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली भन्नुहुन्छ–जनसांख्यिक लाभ लिन ढिलो नगरौँ ! 

अध्यक्ष ओली भन्नुहुन्छ–जनसांख्यिक लाभ लिन ढिलो नगरौँ ! 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसांख्यिक लाभ लिन ढिलो गर्न नहुने बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

पालिनु पर्ने उमेरको भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु जनसांख्यिक लाभ भएको उल्लेख गर्दै अध्यक्ष ओलीले  युवाहरुको विदेश पलाएन रोक्नुपर्ने बताउनुभयो । 

‘आज जुलाई ११, विश्व जनसंख्या दिवस । एक दशक अघिसम्म हाम्रो देशमा सानो परिवार प्रमुख जनसांख्यिक मुद्दा थियो । अहिले हाम्रोमा १४ वर्ष मुनीका बालबालिका (२७.८३ प्रतिशत) र ६० वर्ष माथिका ज्येष्ठ नागरिक (१०.२१ प्रतिशत)को तुलनामा १५ वर्षदेखि ५९ वर्षसम्मको (६१.०९ प्रतिशत) जनसंख्या बढी छ । पालिनु पर्ने उमेरको भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु हाम्रा लागि जनसांख्यिक लाभ हो’, उहाँले लेख्नुभएको छ, ‘तर तीन दशकदेखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम बजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौं । यसलाई रोक्न हामीले सरकारमा रहँदा उद्योगको स्थापना, उद्यमशीलता र रोजगारीमा ध्यान दिँदै कार्यक्रम पनि ल्यायौँ । तर राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो । हाम्रा नवजवानहरुलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौं भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौं ।’

आज देशभर विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइँदैछ ।