अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनसांख्यिक लाभ लिन ढिला नगरौं : अध्यक्ष ओली

जनसांख्यिक लाभ लिन ढिला नगरौं : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसांख्यिक लाभ लिने नेपालले ढिलाइ गर्नुनहुने बताउनुभएको छ ।
विश्व जनसंख्या दिवशको अवसरमा सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले देशमा अहिले पालिने भन्दा पाल्नेको जनसंख्याको आकार ठूलो भएकोले यसलाई सदुपयोग गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले हाल नेपालमा १४ वर्ष भन्दा मुनीको जनसंख्या २७.८३ र ६० वर्ष भन्दा माथीको जनसंख्या १०.२१ प्रतिशत मात्र रहेको र १५ देखि ५९ वर्षको उत्पादनशिल जनसंख्या ६१.९ प्रतिशत रहेकोले नेपाल अहिले जनसंखिक लाभमा रहेको उल्लेख गर्नुभएको छ ।
‘पालिनु पर्ने भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु हाम्रा लागि जनसांख्यिक लाभ हो’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा फेसबुमा लेख्नु भएको छ ‘तर तीन दशक देखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम बजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौं ।’ अध्यक्ष ओलीले जनसंख्याको यो वैदेशिक पलायन रोक्न नेकपा एमाले सरकारमा हुँदा उद्योगको स्थापना,उद्यमशीलता र रोजगारीमा ध्यान दिंदै कार्यक्रमहरु ल्याएको बताउनुभएको छ ।
‘राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो’ अध्यक्ष ओलीले लेख्नु भएको छ ‘हाम्रा नवजवानहरुलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौं भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौं ।’