अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको टिप्पणी: सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने

अध्यक्ष ओलीको टिप्पणी: सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने



काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको बताउनु भएको छ।

मंगलबार नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको बताउनु भयो।

अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तै उस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो। गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ। त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरु उस्तै उस्ताहरु मिलेका छन् । हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छैनौं । हामी ग्रासरुटमा लाग्यो। अहिले हामी अब मिसन २०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन।’

अध्यक्ष ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताउनु भयो। उहाँले आफूहरुलाई बदनाम गराउने कदम चालिएको बताउनु भयो । उहाँले भन्नुभयो, “हल्ला गर्छन के के न भनेर। उहाँहरुलाई बदनाम गर्न मन लाग्छ । एमालेविरुद्ध हल्ला फैलाउन मन लाग्छ । हामी स्पष्ट हुनुपर्छ।”

उहाँले पशुपतिको जलहरुको विषयमा पनि झुटा कुरा फैलाइएको बताउनु भयो । सुनको जलहरीलाई पित्तलको चनिएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले भन्नुभयो, “सुनको जलहरी होइन, पित्तल चढाए भनेर तामिल गरेर संसद्मा लगिन्छ। झुटा अफवाह फैलाएबापत लाज सरम छैन ।”