अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन: अध्यक्ष ओली

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजाेर पार्ने आँट कसैकाे नभएकाे बताउनुभएकाे छ।

पार्टीको वाग्मती प्रदेश कमिटीकाे बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले चारैतिरबाट आक्रमण हुँदा पनि एमालेलाई डगमगाउन नसकेका बताउनुभयाे।

अध्यक्ष ओलीले चारैतिरबाट डस्न खाेज्दा पनि एमाले उठेर अगाडि बढेकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘घरैभित्र सर्पको बास छ भने, घरैभित्र गाेमन सँगसँगै बस्छ भने, कतिबेला मरिन्छ भन्ने टुंगो हुँदैन, सर्पले हामीलाई चारैतिरबाट डस्न खोजे, अलिअलि कार्यकर्ताले धुवाँ लगाइ दिएपछि सर्पहरु भागे, आज फेरि नेकपा एमाले मजबुद अवस्थामा छ, यस पार्टीलाई कसैले सिध्याउँछु भन्ने कुरा त परै छाडौं, यसलाई कमजोर पार्ने दुस्साहस गर्छ भने त्यसकाे दुस्साहस हुनेछ, त्याे असफल मात्रै हुनेछ, त्यसको बेकारकाे समय, मेहनत पसिना बग्नेछ, अरु केही हुने छैन।’

विगतदेखि अहिलेसम्म धेरै चुनाैती र वाधाहरु पन्छाउँदै एमाले अगाडि बढेकाे अध्यक्ष ओलीले बताउनुभयाे । राणाशासन, पञ्चायत, निर्दलीय निरंकुश परिपार्टी, निरंकुश राजतन्त्र, कांग्रेसकाे वैशकाे दमनचक्र, एमालेलाई सिध्याउन भनेर चलाइएकाे तथाकथित जनयुद् र एमाले विरुद्ध चाैतर्फी घेराबन्दी, षड्यन्त्र, संयुक्त प्रहार एवं आक्रमण आफूहरुले देखे-भाेगेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

 गत चुनावमा सबै मिलेर सिध्याउन खोज्दा पनि चक्रव्युह तोडेर एमाले देशकै लाेकप्रिय पार्टी बनेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सिध्यायाैं भनेर सिध्याउनका लागि बनाइएकाे चक्रब्युबाट निस्कँदा नेकपा एमाले देशकाे सबैभन्दा लाेकप्रिय  र लाेकप्रियताकाे हिसाबले प्रमुख पार्टीका रुपमा फेरि पनि देखा परेकाे छ, एमाले विरुद्धका समस्या र वाधा र चुनाैतीलाई हामी के भन्न सक्छाैं भने- अरिंगाल खायाैं, बञ्छिउँ खायाैं, अब झुसे बारुला जस्तै  हामीले राणा शासनलाई टक्कर दिएर आयाैं।’