काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अस्पतालका अनुसार ‘कार्डियक अरेष्ट’ का कारण उहाँको निधन भएको हो । दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।






प्रतिक्रिया