अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सीता दाहालको निधनका कारण समाजवादी मोर्चाको बैठक स्थगित

 सीता दाहालको निधनका कारण समाजवादी मोर्चाको बैठक स्थगित


काठमाडौँ-समाजवादी मोर्चाको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी ९जसपा० नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक स्थगित भएको हो ।  

बैठक आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो ।  

प्रधानमन्त्री समेत रहेका मोर्चा घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित गरिइएको जनाइएको छ ।