अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको सिद्धान्त ‘मिलिजुली बसौँ, बाँडीचुँडी खाऔँ’: प्रदीप ज्ञवाली

गठबन्धनको सिद्धान्त ‘मिलिजुली बसौँ, बाँडीचुँडी खाऔँ’: प्रदीप ज्ञवाली


सुर्खेत-नेकपा एमाले पार्टी उपमहासचिव तथा स्कूल विभागका प्रमुख प्रदीप ज्ञवालीले वर्तमान गठबन्धनको सिद्धान्त ‘मिलीजुली बस्यौँ, बाँडीचुँडी खाऔँ’ भन्ने रहेको टिप्पणी गर्नु भएको छ।

बुधबार वीरेन्द्रनगरमा आयोजित नेकपा एमाले स्कूल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक-प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञावालीले यस्तो बताउनु भएको हो ।

देशलाई कहाँ पुर्याउने कसरी अगाडि लैजाने भन्ने केही पनि नभएको उहाँले बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘सातै प्रदेशमा स्कुलहरु सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरु सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लगि सात जना केन्द्रीय कमिटी सदस्यहरू खटिएका छन्।’

उहाँले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा उत्पादनको ढाँचामा धेरै परिर्वतन आएको बताउनु भयो।

ज्ञानको भोक जगाउनुपर्ने र पदले कुनै ज्ञान नबढाउने ज्ञवालीको भनाइ छ । आफू जुन पदमा भएता पनि ज्ञानलाई निरन्ता दिनु पर्ने उनले सुझाव दिनुभयो। यदि म पदमा पुगेको छु मैले किन पढ्नुपर्ने भन्ने भावना बस्यो भने कहिल्यै पनि सफलतामा पुग्न नसकिने उहाँको भनाइ छ ।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षक-प्रशिक्षण कार्यक्रम बुधबारदेखि ३१ असारसम्म चल्नेछ। कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका ५० भन्दा बढी नेताहरुको सहभागिता रहेको छ।