दाङ-रोल्पाको रुन्टिगढी गाउँपालिका-४ का वडाध्यक्ष टंकबहादुर पुनको मुत्यु भएको छ।
मंगलवार एक्कासी विरामी भएका वडाध्यक्ष पुनको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बुधवार मुत्यु भएको हो।
स्क्रब टाइफसका कारण बिरामी भएको र उपचार क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको गाउँपालिका अध्यक्ष जनक पुनले बताउनु भयो।
मंसिर २५ गते सामान्य ज्वरो आएपछि वडाध्यक्ष पुन उपचारका लागि दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए । त्यसपछि सामान्य उपचारपछि फर्किएका पुनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंसिर २६ गते पुनः प्रतिष्ठानमा भर्ना हुनु भएको थियो । सोक्रममा आज बिहान भेन्टीलेटरमा उपचारकाक्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया