अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समसामयिक राजनीतिबारे अध्यक्ष ओलीले गर्नुभयो पार्टी उपाध्यक्षहरूसँग छलफल

समसामयिक राजनीतिबारे अध्यक्ष ओलीले गर्नुभयो पार्टी उपाध्यक्षहरूसँग छलफल


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षसँग छलफल गर्नु भएको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहर युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र प्रसाद पाण्डे र महासचिव शंखर पोखरेलसँग छलफल गर्नु भएको हो।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक परिवेश, असार ३० गते बोलाइएको सचिवालय बैठकलगायतको विषयमा छलफल भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताउनु भयो।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले भन्नुभयो, ‘वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने गरी जिम्मेवारी दिइएको थियो । त्यसको पछिल्ला गतिविधिबारे उहाँले चासो राख्नुभएको थियो । हामीले अहिलेसम्म भएका उपलब्धिबारे जानकारी गरायौं।’