अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीन संसदीय समितिका बैठक बस्दै

आज तीन संसदीय समितिका बैठक बस्दै


काठमाडौँ-आज तीन वटा संसदीय समितिका बैठक बस्दैछन् । 

जस अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक साढे ११ बजे बस्दैछ भने दिउँसो १ बजे पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । 

जसमा कृषि समितिमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधान लगायत विविध विषयमा भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री तथा मन्त्रालयका सचिवसँग छलफल हुनेछ भने पूर्वाधार विकास समितिमा मेलम्ची खानेपानी आयोजना र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा मन्त्री र सचिवसँग छलफल हुनेछ ।