अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज पनि पार्टी उपाध्यक्षहरूसँग छलफल गर्नुहुने

अध्यक्ष ओलीले आज पनि पार्टी उपाध्यक्षहरूसँग छलफल गर्नुहुने


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग आज पनि छलफल गर्नुहुने भएको छ । पार्टी संगठन सुदृढीकरण र परिचालनका लागि उपाध्यक्षहरूसँग छलफल गर्न लाग्नुभएको हो । 

अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल थाल्नुभएको छ । अध्यक्ष ओलीले हिजो पनि उपाध्यक्षहरूसँग छलफल गर्नुभएको थियो ।  

एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग छलफल गर्नुहुनेछ । एमालेले ३० गते सचिवालय बैठक बोलाएको छ।