डोटी-डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बडिकेदार गाउँपालिका-५ दुदीलागाउँमा चट्याङ लाग्दा स्थानीय ६६ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भष्करदत्त पन्तले जानकारी दिनुभयो।
आज दिउँसो २ बजेतिर घरको ढोका लगाउने क्रममा चट्याङ लाग्दा बोहराको मृत्यु भएको निजका छोरा सुरेश बोहराले जानकारी दिनुभयो । चट्याङका कारण सोही गाउँका डम्मरसिंह बोहराका छ वटा बाख्रा मरेका छन् ।





प्रतिक्रिया