अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठकमा जिल्लागत रिपोर्टिङ हुने

एमाले सचिवालय बैठकमा जिल्लागत रिपोर्टिङ हुने


काठमाडौं-नेकपा (एमाले) को सचिवालय बैठक असार ३० गते शनिबार बिहान ११ बजे बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक विषयमा समीक्षा हुने बताइएको छ।  

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले बैठकमा जिल्लाको रिपोर्टिङ लगायत पार्टीको नियमित तथा साङ्गठनिक कामका विषयमा छलफल हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असार ३० गते सचिवालय बैठक बस्दैछ। हाम्रा नियमित धेरै कामहरू छन् । केन्द्रीय सदस्यहरू जिल्ला-जिल्लामा खटिरहनुभएको छ। जिल्लाको रिपोर्टिङ गर्ने, नियमित काम, साङ्गठनिक नियमित काम गर्ने सवाल नै मुख्य हो ।” 

बैठकमा पार्टीको नियमित साङ्गठनिक विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो। सचिवालय बैठक सम्बन्धमा थप एजेण्डा तय भइरहेको पनि उहाँको भनाइ छ। “जिल्ला तहमा कार्य सम्पादन कस्तो भइरहेको छ ? त्यस विषयमा समीक्षा हुन्छ” डा. अधिकारीले भन्नुभयो । बैठकको एजेण्डा सूचीकृत गर्नेकाम भइरहेको  उहाँले बताउनुभयो।