अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनगणनाको तथ्यांक ९७.४ प्रतिशत सही : राष्ट्रिय तथ्यांक कार्यालय

जनगणनाको तथ्यांक ९७.४ प्रतिशत सही : राष्ट्रिय तथ्यांक कार्यालय


काठमाडौं -राष्ट्रिय तथ्यांक कार्यलयले जनगणनामा हुने त्रुटी क्रमश घटिरहेको जनाएको छ । हप्तादिन अघि कार्यालयले सार्वजनिक गरेको जनगणना पश्चात गरिएको सत्यपानको सर्वेक्षणको नतिजा अनुसार जनगणनामा २.६ प्रतिशत मानिसहरु छुटेको देखाइएको छ । सो तथ्यांक अनुसार ७ लाख ७१ हजार ९सय ९८ मानिसहरु छुटेको देखिएको छ ।
त्रिभूवन विश्व विद्यालयले गरेको पिइएसमा नेपालको जनसंख्यामा २.६ प्रतिशत अण्डर काउण्ट भएको कार्यालयले जनाएको छ । कार्यालयको फेसबुक पेजमा उल्लेख गरे अनुसार विगतका जनगणनामा पिइएसको रिर्पोट सार्वजनिक गर्ने चलन नरहेको कार्यालयको सामाजिक सञ्जालमा उल्लेख छ । यसपटक तथ्यांकको पारदर्शिताका लागि पिइएस रिर्पोट सावर्जनिक गरिएको हो । २०४८ सालको जनगणनामा ११ प्रतिशत,२०५८मा ५.३ प्रतिशत,२०६८ मा ३.६ प्रतिशत जनसंख्या गणनामा छुटेको थिए । कार्यालयले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार जनगणनाको सत्यता ९७.४ प्रतिशत रहेको छ ।
सन् २०२० मा अमेरिकाको जनगणनामा करिब ८ लाख मानिसहरु छुटेका थिए । सन् २०१० मा भारतको जनगणनामा २ करोड ८० लाख मानिसहरु छुटेका थिए ।