अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, सचिवालय बैठकको एजेन्डा तय गर्ने

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, सचिवालय बैठकको एजेन्डा तय गर्ने


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । भोलिका लागि बोलाइएको सचिवालय बैठकको एजेन्डा तय गर्नका लागि आज बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. अधिकारीले दिउँसो ३ः०० बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यालयको बैठक बस्न लागेको जानकारी दिनुभयो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवन सुदृढीकरण र आगामी सचिवालय बैठकका विषयमा बुधबार र बिहीबार  उपाध्यक्षसँग छलफल गर्नुभएको थियो । 

आजको केन्द्रीय कार्यालयको बैठकले भने सचिवालय बैठकको एजेन्डा तय गर्ने सचिव डा. अधिकारीले बताउनुभयो ।