अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोसी ट्रक खस्यो, तीन जनाको उद्धार

सप्तकोसी ट्रक खस्यो, तीन जनाको उद्धार


विराटनगर-कोसी ब्यारेजबाट मालवाहक ट्रक सप्तकोसी नदीमा खसेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ख ३००७ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो ।  

उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ख १७६५ नम्बरको बससँग ब्यारेजको पुलमा ठोक्किएको थियो ।

ट्रकमा सवार चालकसहित तीन जनाको नदीबाट उद्धार गरिएको छ ।  

दुर्घटनाबाट कोसी ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको र त्यही भागबाट ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ ।