अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काम सकिएका योजनाको ५० अर्व रुपैंया भुक्तानी दाबी गर्दै निर्माण व्यवसायीहरु आन्दोलनमा

काम सकिएका योजनाको ५० अर्व रुपैंया भुक्तानी दाबी गर्दै निर्माण व्यवसायीहरु आन्दोलनमा


काठमाडौं- सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् । निर्माण व्यवसायी महासंघको आयोजनामा आज माइतीघर मण्डलामा व्यवसायी धर्ना दिएर तत्काल भुक्तानीका लागि दबाब दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्त्वमा विभिन्न मागहरू उल्लेख गरिएका प्लाकार्डसहित उनीहरु शुक्रबार बिहान माइतीघर मण्डलमा धर्ना दिन पुगेका छन् ।असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको, ठेक्काको म्याद थप नगरेको लगायतका विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सम्पन्न भएका आयोजनाको रकम भुक्तानी नगरेपछि धर्ना गर्न बाध्य हुनुपरेको जनाएको छ ।

यसअघि नै महासंघले पत्रकार सम्मेलन गरी ५० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी भएको बताएको थियो । समयमा भुक्तानी नभएका कारण समस्या परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।