अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही होस्: रामहरि खतिवडा

ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही होस्: रामहरि खतिवडा


काठमाडौं-नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाउनु भएको छ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

उहाँले भन्नभयो, ‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ। किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नु पर्छ।’

ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरु पनि कारबाहीमा पर्नुपर्ने उहाँको माग छ । उहाँले भन्नुभयो, ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस् । व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन । सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरु को हुन् ? तिनीहरुलाई कारबाही व्यवस्था गरोस् ।’