अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लम्पी स्कीनको नियन्त्रण गर्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च एमाले सचेतक गिरीको माग

लम्पी स्कीनको नियन्त्रण गर्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च एमाले सचेतक गिरीको माग


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गर्नु भएको छ।

प्रतिनिधि सभामा प्रमुख सचेतक गिरीले पैसा नभएको किसानलाई राहत दिन नसकेको भए सांसदलाई दिने भनिएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गर्न सुझाव दिनु भएको हो ।

प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘सरकारले समयमै सचेतता अपनाएको भए यो क्षति बेहोर्नुपर्ने थिएन। विज्ञहरुले भनिरहेका छन् कि यही स्थिति रहिरहने हो भने निकट भविष्यमा थप २५ लाख पशुचौपाया संक्रमित हुनेछन् र १ लाख बढी पशु चौपाया मर्ने स्थिति बन्नेछ । त्यसबाट किसानले ठूलो क्षति बेहोर्नुपर्छ भनेर विज्ञहरुले भनिरहेका छन्, तर सरकारले अहिलेसम्म जम्मा २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको छ। खोप अत्यन्तै अप्रयाप्त छ र लगाउने गतिपनि अत्यन्तै सुस्त छ।’

उहाँले गाउँमा खोप, औषधी र प्राविधकहरुलाई सरकारले नपठाएको भन्दै ध्यानाकर्षण गराउनु भयो । किसान पीडाको आहालमा रहेको बताउँदै उहाँले सरकारसँग पैसा नभएको हो भने निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फतको रकम खर्च गरेर भए पनि लम्पी प्रकोपविरुद्ध कदम चाल्न आग्रह गर्नु भयो ।