अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिँदैनौं: रवि लामिछाने

मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद चल्न दिँदैनौं: रवि लामिछाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याजसम्ब्न्धी विधेयक नल्याए अब सदन चल्न नदिने चेतावनी दिनु भएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले कसको स्वार्थमा यो विधेयक नल्याइएको भन्दै प्रश्न समेत गर्नु भयो ।

उहाँले भन्नभयो, ‘आगामी बैठकमा मिटरब्याज पीडितहरुका लागि सरकारले ल्याउन ओजेको विधेयेकलाई ब्युँताएर कार्यसूचीमा नराखे रास्वपा सदन चल्न दिने छैन।’

उहाँले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताउनु भयो।

उहाँले भन्नुभयो, ‘कार्यसूचीमा मिटरब्याज पीडितहरुको विषय आज किन आएन ? कसका कारणले रोकियो सभामुख महोदय ? राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएका सम्पूर्ण नागरिकहरुको पक्षमा छ । र, सरकारलाई यो विधेयक यथाशीघ्र संसदमा ल्याउनका निमित्त आह्वान गर्न चाहन्छु। हामी मिटरब्याज पीडितको पक्षमा छौँ। मिटरब्याज पीडितका कारण जसरी नागरिक जिवन मरणको अवस्थामा पुगेका छन्, उनीहरुको पक्षमा हामी अहिले नै तयार छौँ । फाष्ट ट्रयाकमा ल्याएर पारित गर्ने तयार गरिएकोमा कसको स्वार्थले, कसका कारणले मिटरब्याज पीडितको पक्षमा रहेको यो विधेयक संसदमा ल्याइएन ? यो संसदलाई जानकारी हुनुपर्छ ।’

सभापति लामिछानेले अर्को बैठकमा सो सम्बन्धी विधेयक कार्यसूचीमा राखिएन भने सदन चल्न नदिने पक्षमा रहने चेतावनी दिनु भयो।