अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लम्पि स्किन रोगको बारेमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

लम्पि स्किन रोगको बारेमा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन


काठमाडौं-सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसलाई जानकारी गराउन निर्देशन दिनु भएको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले गरेको कामको बारेमा संसदलाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई निर्देशन दिनु भएको हो ।

उहाँले प्रतिनिधि सभा बैठकमा यस रोगको सम्बन्धमा विगतदेखि नै कुरा उठिरहेकाले यस सम्बन्धि स्पष्ट पार्न निर्देश गर्नु भयो। उहाँले भन्नुभयो, ‘लम्पिस्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरुदेखि आजका बैठकमा पनि माननीय सदस्यहरुबाट कुरा उठिरहेको छ। यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरुको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु।’