अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता


काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ।

शुक्रबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित देउवाको निवासमा पुग्न भएको थियो।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।

‘भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भयो। अमेरिकी सरकारप्रति आभारी छु,’ देउवालाई उदृत गर्दै उहाँको सचिवालयले भनेको छ। एक दिने नेपाल भ्रमणमा आएका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।