काठमाडौं-नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लुले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले शुक्रबार अपरान्ह एमाले पार्टी कार्यालय च्यासल पुगेर भेटवार्ता गरेका हुन्।
भेटमा एमसीसी कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। भेटमा लुका अन्यसदस्य तथा एमालेका तर्पफबाट विष्णु रिमाल, डा. राजन भट्टराई र विमला पाैडेलकाे सहभागिता रहेकाे थियाे।
लुले आजै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेटवार्ता गर्नु भएको थियाे ।
प्रतिक्रिया