रौतामाई-उदयपुरको रौतामाई गाउँपालिका वडा-७ पुवारेडाँडास्थित श्री जनता साना किसान आधारभूत विद्यालयले बृक्षारोपन सम्पन्न गरेको छ।
शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरबहादुर रिखाम मगरको प्रमुख आतिथ्यतामा विद्यालय प्राङगणमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो।
विद्यालयको कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप सञ्चालन गर्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्न विद्यालयले शैक्षिक सत्र २०८० को शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलापको कार्यक्रम समेटेर वार्षिक शैक्षिक क्यालेण्डर अनुसार आज बृक्षारोपन गरिएको शिक्षक टेकराज रिखाम मगरले बताउनु भयो। उहाँले भन्नुभयो, ‘शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठ योजना तथा अतिरिक्त क्रियाकलाप समेटेर शैक्षिक क्यालेन्डर बनाएका छौं। शैक्षिक क्यालेन्डर अनुसार आज बृक्षारोपन गरिएको हो।’
जाल्पा एकीकृत विकास केन्द्र उदयपुरको आर्थिक सहयोगमा विव्यसका अध्यक्ष, शिक्षक कर्मचारी र विद्यार्थीहरुको सहभागीतामा वातावरणमैत्री आकर्षक फूलबारी गोडमेल, सुरक्षा लगायत कार्यक्रमलाई तिब्रता दिने हेतुले नियमित अतिरिक्त क्रियाकलापलाई पनि जोडदै बृक्षारोपन कार्य सम्पन्न गरिएको शिक्षक मगरले बताउनु भयो।
वार्षिक शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, पालिका स्तरीय कार्यक्रम साथै विभिन्न शिक्षा सम्बन्धी जानकारी समेटिएको शैक्षिक क्यालेण्डर बनाएको विव्यसका अध्यक्ष नीरबहादुर रिखाम मगरले बताउनु भयो। उहाँले विद्यालयलाई सहयोग गर्ने संस्थाहरुलाई विशेष धन्यवाद पनि दिनु भयो।
बृक्षारोपन कार्यक्रममा जाल्पा एकिकृतसमाज नेपालका फिल्ड प्रतिनिधि थमान थापा मगर, अभिभावक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया