अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेढ महिना अघि गरिएको कार्य विभाजनको प्रारम्भिक समिक्षा गर्न एमाले सचिवालय बैठक

डेढ महिना अघि गरिएको कार्य विभाजनको प्रारम्भिक समिक्षा गर्न एमाले सचिवालय बैठक


काठमाडौं -नेकपा एमालेले डेढ महिना अघि केन्द्रीय कमिटीका नेताको कार्य विभाजन पछिको प्रभावकारिताको प्रारम्भिक समिक्षा गर्न आज सचिवालय बैठक बोलाएको छ ।
जेठ १९ गतेको पार्टी केन्द्रीय सचिवालय बैठकले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल देखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको थियो । नेताहरुले साविक सम्हालेका भूगोलका जिम्मेवारीलाई हेरफेर गरिएको थियो । जस अनुसार उपाध्यक्षहरुलाई विभिन्न विभागको संयोजन गर्ने,उपमहासचिवहरुलाई तोकिएको विभागलाई प्रभावकारी बनाउने र सचिवहरुलाई प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको थियो । यसैगरी स्थायी र पोलिटव्यूरो सदस्यहरुलाई साविक भन्दा फरकको जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्ज तोकिएको थियो ।
एमालेका एक पदाधिकारीका अनुसार एक वर्षका लागि मिसन २०८४ नाम दिइएको यो अभियानको प्रारम्भिक रुझानका विषयमा सचिवालय बैठकमा छलफल हुनेछ । नेताहरु खटाइएको जिम्मेवारीमा पुगे नपुगेको,नयाँ भूगोलमा पुगेका नेताहरुले पार्टीको अवस्थाका बारेमा पाएको प्रारम्भिक जानकारी के कस्तो छ, पार्टी निर्माणको काम कहाँबाट सुरु भएको छ आदि विषयमा सम्बन्धित प्रदेशका इन्चार्जहरुले रिर्पोटिङ गर्ने कार्ययोजना छ । यस्तै नेताहरुले आफूले जिम्मेवारी पाएको ठाउँमा भोग्नु परेका समस्याका बारेमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ । यस्तै पार्टी सदस्यता नविकरणका लागि असार मसान्तसम्मको म्याद थपिएकोमा त्यसमा भएको प्रगति पनि आजको बैठकमा महासचिव शंकर पोखरेलले जानकारी गराउने कार्यसुची छ ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तता कारण विहान ११ बजे बस्ने भनिएको बैठक दिउसो १ बजेलाई सारिएको छ । बैठकमा साउन ७ गते पुष्पलाल स्म्ृति दिवश भव्य रुपमा मनाउने,साँगठनिक जीवनका विभिन्न विषयहरुमा छलफल हुने र विभिन्न विभागहरुमा सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।