अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यकर्मी मृत्यु प्रकरण: चार जना पक्राउ

स्वास्थ्यकर्मी मृत्यु प्रकरण: चार जना पक्राउ


काठमाडौं-काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए । उहाँको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो।

उहाँका अनुसार पक्राउ गरिएकामा प्रशासन प्रमुख मनोजकुमार बस्नेत, फार्मेसी अधिकृत जुना स्थापित, प्राविधिक सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । निजहरूले मानसिक तनाव दिएकाले अमृतले आत्महत्या गरेको परिवारले आरोप लगाएका छन्।

अमृतले ‘आफूलाई फसाउन खोजिएको’ भनेर लेखेको पत्र पनि बरामद भएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो। उहाँका अनुसारका घटनाबारे थप अनुसन्धान भइरहेको छ।