हेटौँडा-गाउँपालिका अध्यक्षले मानसिक तनाव दिएको भन्दै मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन्।
गाउँपालिका कार्यालयसँग प्रधानाध्यापकहरूको दोष र दण्डित हुनुपर्ने कारण माग गर्दै शुक्रबार माध्यमिक विद्यालयका १ जना र प्राथमिक विद्यालयका १८ जना गरी १९ जना प्रअहरूले राजीनामा दिएका हुन् ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पटक-पटक प्रअ सुरुवा गर्ने अभिव्यक्ति दिइरहेको, कार्यालयमा बोलाएर अपमानजनक व्यवहार गरेको, व्यवहार चित्तबुझ्दो नभएको भन्दै गाउँपालिकामा सामूहिक राजीनामा बुझाएको पशुपति माविका प्रअ भानुभक्त आचार्यले जानकारी दिनु भयो ।
शिक्षाको गुणस्तरमा सुधार ल्याउने नाममा आफूहरूलाई गाउँपालिका अध्यक्ष कालाखेतीले लामो समयदेखि मानसिक तनाव हुने गरी व्यवहार गरेको प्रअहरूले गुनासो गरेका छन् । विद्यालयको गुणस्तर सुधार गर्न प्रअहरू सरुवा गर्ने अध्यक्षको अभिव्यक्तिपछि प्रअहरूले शैक्षिक गुणस्तर सुधार गर्ने योजनाबारे सुझाव दिएको उनीहरूले बताएका छन् । संघीय शिक्षा ऐन, नियमावली तथा गाउँपालिका शिक्षा ऐन तथा नियमावलीहरूमा समेत प्रधानाध्यापक सरुवा गर्ने कुनै प्रावधान नरहेको दाबी गरिएको छ। मनहरी गाउँपालिकामा १८ प्रावि, ९ मावि ५ निमावी छन् ।
प्रतिक्रिया