अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सरकार भंग गर्न नेकपा एमालेको माग

कोशी प्रदेश सरकार भंग गर्न नेकपा एमालेको माग


काठमाडौं-नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ। साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरू गर्न आग्रह समेत माग गरेको छ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धन संविधानको उल्लंघन, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्दै लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत रहेको निष्कर्ष निकालेको छ।

बैठकले पनि सरकार गठनमा सभामुखको संलग्नता लोकतान्त्रिक र संसदीय अभ्यासमाथिकै प्रहार ठहर गरेको छ।

बैठकले   देशैभरि फैलिएको लम्पी स्किन रोगबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपायाहरू सङ्क्रमित भएको र २७ हजार गाईवस्तुको मृत्यु भइसकेको भन्दै ४ महिना अगाडिदेखि फैलिएको यस महामारीलाई र रोक्न सरकारले कुनै प्रभावकारी कदम नचालेको भन्दै सरकारस्ँग बिमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानहरूलाई राहत दिन माग गरेको छ ।

एमालेले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कसुरलाई दण्डनीय बनाउन जारी गरिएको अध्यादेशलाई प्रतिस्थापना गर्न ल्याइएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकु नामको प्रतिस्थापन विधेयकका बारेमा सत्ता गठबन्धनबाट व्यक्त भइरहेका अभिव्यक्ति र सम्प्रेषित भ्रामक समाचारहरूप्रति हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको भन्दै  सरकार आफैले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गंभीर विवाद रहेको र यिनै कारण विधेयकमाथि प् तिनिधिसभामा छलफल हुन नसकेको यथार्थलाई ढाकछोप गर्न अनावश्यक प्रचारबाजी गरेको प्रति आपत्ती जनाएको छ । एमालेले सरकारकै कारण प्रतिस्थापन विधेयक निष्क्रिय भइसकेको परिप्रेक्ष्यमा अविलम्ब नयाँ विधेयक ल्याउन  सरकारको ध्यानाकर्षणसमेत गराएको छ।